नेकपा अछामले सरकारी पार्टीका नेतालाई दियो गम्भीर चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी नेकपाका अछाम जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले रामारोशन गापा वडा नं. ५ स्थित श्री यशोदा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द साउँद (सुमन) लाई फोनमार्फत ज्यान मार्ने धम्की र सामाजिक सञ्जालमा उल्लिखित विषयलाई लिएर आफ्नो पार्टीलाई जोड्ने र बदनाम गरेकाले त्यस्तो हर्कत नगर्न गम्भीर चेतावनी दिएको छ । पार्टीका जिल्ला इन्चार्ज नवीनले विज्ञप्ति जारी गर्दै कुँवरले ढकारी गापा हिच्मा २ साचामा २०७६ भदौ १६ गते हरितालिका तीजका दिन सोही गाउँमा बस्ने लोकेन्द्र शाहीको गुणस्तरहीन अत्यधिक मदिरा सेवन र उच्च रक्तचापका कारण मृत्यु भएको घटनालाई लिई आफ्नो पार्टीका जिम्मेवार व्यक्तिहरूलाई फसाउने उद्देश्यसहित किटानी जाहेरी गर्ने राजबहादुर शाही र भक्तबहादुर शाहीलाई संरक्षण गर्ने उद्देश्यले जारी गरेको विज्ञप्तिप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

इन्चार्ज नवीनको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय पार्टी नेकपा आफ्नो स्थापना कालदेखि राष्ट्र, राष्ट्रियता, जनतन्त्र, जनजीविकाको विषयलाई लिएर राष्ट्रघाती, जनघाती र जनविरोधी तत्वका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको कुरा सर्वविदितै छ । एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यप्रति जनताको आकर्षण र हाम्रो पार्टीप्रतिको बढ्दो लोकप्रियताबाट आतङ्कित कथित कम्युनिस्टनामक सामाजिक दलाल फासिवादीहरू हाम्रो पार्टीविरुद्ध अनेक किसिमका षड्यन्त्र रच्दै हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गराउने, झूट्टा मुद्दा लगाउने, सीआईडी–सुराकी गर्ने अभियान सञ्चालन गरिराखेको बेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछाम जिल्ला अध्यक्ष शेरबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमार्फत रामारोशन गापा वडा नं. ५ स्थित श्री यशोदा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द साउँद (सुमन) लाई फोनमार्फत ज्यान मार्ने धम्की र सामाजिक सञ्जालमा उल्लिखित विषयलाई लिएर हाम्रो पार्टीलाई जोड्ने र बदनाम गर्नुका साथै ढकारी गापा हिच्मा २ साचामा २०७६ भदौ १६ गते हरितालिका तीजका दिन सोही गाउँमा बस्ने लोकेन्द्र शाहीको गुणस्तरहीन अत्यधिक मदिरा सेवन र उच्च रक्तचापका कारण मृत्यु भएको घटनालाई लिई हाम्रो पार्टीका जिम्मेवार कमरेडहरूलाई फसाउने उद्देश्यसहित किटानी जाहेरी गर्ने राजबहादुर शाही र भक्तबहादुर शाहीलाई संरक्षण गर्ने उद्देश्यले जारी गरेको विज्ञप्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पहिलो कुरा नेकपा रामारोशन आईडी भएको व्यक्ति हाम्रो पार्टीको आधिकारिक सदस्य नभएको कुरा स्पष्ट गर्न चाहन्छौँ । सो व्यक्तिका बारेमा हाम्रो पार्टीले पनि अनुसन्धान गरिराखेको छ । हाम्रो पार्टीको नाम लिई फोनमा धम्की दिने तथा सामाजिक सञ्जालमा हाम्रो पार्टीलाई जोड्ने कुरा गलत भएको छ । दोस्रो कुरा यशोदा माविमा भएको अनियमितताबारे व्यापक जनगुनासो आएको छ । हाम्रो पार्टीले यसका बारेमा उचित छानबिन गर्नेछ । अनावश्यक रूपमा हाम्रा पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूलाई धम्क्याउने, गिरफ्तार र सुराकी गर्ने कार्य तत्काल बन्द गरियोस् । अन्यथा उत्पन्न हुन जाने परिस्थितिको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘तेस्रो कुरा हिच्माको घटनामा हाम्रो पार्टीका जिम्मेवार कमरेडहरूलाई फसाउने मुख्य योजनाकार राजबहादुर शाही र भक्तबहादुर शाहीलाई सत्ता र शक्तिको आडमा संरक्षण नगर्नुहुन यस प्रेस विज्ञप्तिमार्फत सम्बन्धित पक्षलाई सचेत गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :