प्रतिबन्धपछि पार्टीप्रति आकर्षण बढेको निष्कर्ष


धनगढी : नेपाल कम्युनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्धले पार्टीप्रति आम नागरिकको आकर्षण अझै बढेको जनाएको छ । केही नेता–कार्यकर्ता क्रान्तिबाट भागे पनि पार्टीप्रति नागरिकको विश्वास र साथ अझ बढेको नमिल्ने नेकपाको निष्कर्ष छ ।

पार्टीको सेती–महाकाली ब्युरोले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी नेकपा कैलाली इन्चार्ज प्रशान्तले सरकारले आफूहरूमाथि लगाएको प्रतिबन्ध एक वर्ष पुगेको र प्रतिबन्धले खुला रूपमा सङ्गठन निर्माणलगायत काम गर्न केही असहज भए पनि आन्तरिक तथा जनताबीच पुगेर नेता–कार्यकर्ताले प्रत्यक्ष भेटघाट तथा छलफल गरेपछि फाइदा पुर्याएको धारणा राखे ।

आमनागरिकसँग आमनेसामने बसेर पार्टीको नीति, योजना तथा उद्देश्यका बारेमा विस्तृत रूपमा बुझाउन तथा सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्ने कार्य जारी रहेको र यसले पार्टीलाई ठूलो उपलब्धि भएको उनले बताए ।

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका ६ विशालनगरमा नेकपाले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यकममा सामना परिवारले विशेष जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । सांस्कृतिक प्रस्तुतिबाट जनतालाई क्रान्तिमा गोलबद्ध गर्न र वैज्ञानिक समाजवाद स्थापना गर्न सुरु गरिएको एकीकृत जनक्रान्तिको यात्रामा अघि बढ्न उत्प्रेरित गर्ने आयोजकहरुले बताएका छन् । सामनाले घोडाघोडी नगरपालिका ४ जनकपुरमा समेत कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :