लुटपाट गरी हतियार सङ्कलन गर्ने हाम्रो पार्टीको नीति छैन : नेकपा

कैलाली : नेपाल कम्युनिस्ट पार्टीले लुटपाट गरी हतियार सङ्कलन गर्ने आफ्नो पार्टीको नीति नरहेको स्पष्ट पार्दै कैलालीको कैलारी गाउँपालिका वडा नं. ३ बर्कामुडा निवासी रामभरोस चौधरीको घरबाट मुकुन्डोधारीहरूले २ थान भरुवा बन्दुक लुटेको घटनामा पार्टीको नाम जोडिनु खेदजनक रहेको जनाएको छ । पार्टीका कैलाली जिल्ला सेक्रेटरी करणले विज्ञप्ति जारी गरी लुटपाटमा संलग्न समूहले पार्टीको नाम जोड्नु खेदजनक रहेको भन्दै पार्टीलाई बदनाम गराउने समूह खोजी कारबाही गर्ने जनाएका छन् ।

करणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको महाअभियानमा क्रमशः अगाडि बढिरहेको विषय आमजनसमुदायमा सर्वविदितै छ । गएराती करिब ९–१० बजेतिर कैलारी गाउँपालिका वडा नं. ३ बर्कामुडा निवासी रामभरोस चौधरीको घरबाट ५–६ जनाको समूहमा गएका अज्ञात मुकुन्डोधारीहरूले २ थान भरुवा बन्दुक लुटपाट गरेर भागेको र लुटपाटमा संलग्न लुटेरा समूहले हाम्रो पार्टीको नाम जोडेर लुटेको विषय खेदजनक छ ।’

विज्ञप्तिमा करणले भनेका छन्, ‘यस्ताखाले लुटपाटका घटनामा हाम्रो पार्टी संलग्न नरहेको र यस्ता हतियार कब्जा गर्ने पार्टीको कुनै नीति नरहेको कुरा प्रस्ट पार्नुका साथै पार्टीको नाम जोडेर बदनाम गरी पार्टीविरुद्ध भ्रम छर्ने लुटपाट गिरोहको भरमा नपर्न आमजनसमुदायमा अपिल गरिन्छ । हाम्रो महान् तथा गौरवशाली पार्टीलाई बदनाम गर्ने लुटपाट समूहको खोजी गरी आवश्यक कारबाही गरिने यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :