जनगणतान्त्रिक सम्पर्क मञ्चका भेला सम्पन्न


काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजअन्तर्गत मकवानपुर– काठमाडौँको तेस्रो भेला सम्पन्न भएको छ ।

उक्त भेलाले अध्यक्ष विशाल रानामगर, उपाध्यक्ष राजु बल, सचिव धर्मराज बल, कोषाध्यक्ष सुवास थिङ, सदस्यहरू राजन घ्लोन, रोशन थिङ, भरत घ्लोन, सोम लामालगायत रहेको १५ सदस्यीय समिति गठन गरेको मञ्चले जनाएको छ । बलुवाटारमा भेला आयोजना गरिएको हो ।

यसैगरी धादिङ–काठमाडौँ सम्पर्क मञ्चको दोस्रो भेला पनि सम्पन भएको समाचार प्राप्त भएको छ । उक्त भेलाले प्रतीक अधिकारी संयोजक रहेको ११ सदस्यीय समिति निर्माण गरेको मञ्चले जनाएको छ ।

भेलाको अध्यक्षता विशाल रानामगरले गरेका थिए भने प्रमुख अतिथि जनगणत्रातिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधान थिए ।

उक्त कार्यक्रममा विशालले सङ्गठनमा जस्तोसुकै परिस्थितिमा पनि डटेर लागिपर्ने बताएका थिए । प्रतीकले पनि भ्रष्टाचार र दलालीको विरुद्ध लडिरहने बताए । प्रमुख अतिथि प्रधानले नवनियुक्त सदस्यहरूलाई शुभकामना दिएका थिए ।

यसैबीच जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजअन्तर्गत महिला सङ्घले काठमाडौँको सुकेधाराम ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । उक्त कार्यक्रमको नेतृत्व क्रान्ति गौचनले गरेकी थिइन् ।

कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले आजसम्म महिलाहरूले अनेक किसिमका हिंसा भोगिराखेको र सबै किसिमका अधिकारबाट वञ्चित रहेकाले समान अधिकारका लागि महिलाले लडाइँ जारी राख्नुपर्ने बताएका थिए ।

कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च महिला सङ्घका सदस्यहरूको उल्लख्य सभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :