प्रतिबन्ध चिर्दै देशभर मनाइयो श्रमिक महिला दिवस


काठमाडौँ : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले केपी वली सरकारले थोपरेको प्रतिबन्ध चिर्दै देशभर ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । 

दैलेख, कैलाली, कपिलवस्तु, रूपन्देही, चितवन, काठमाडौँलगायत विभिन्न जिल्लामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएको बताइएको छ ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) दैलेखको आयोजनामा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न भएको छ ।
महिला दिवसमा प्रमुख आतिथ्य अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) दैलेखकी अध्यक्ष पवित्राले गरेकी थिइन् । पवित्राले अहिलेको व्यवस्था दलालहरूको भएको र यो व्यवस्थाबाट महिला मुक्ति नहुने भएकाले महिला मुक्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको बताइन् । 

कार्यक्रमका विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दीपेन्द्रले महिलाहरूको सहभागिताबिना समाजवादी व्यवस्था सम्भव नरहेकाले समाजवादी व्यवस्था लागि सम्पूर्ण महिला एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रमको अध्यक्षता मनपुरा विक र सञ्चालन जीवना विकले गरेका थिए भने स्वागत मन्तव्य देउरूपा कठायतले राखेकी थिइन् । कार्यक्रममा अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शन, नेकपा दैलेखका जिल्ला सदस्य सङ्केतको पनि उपस्थिति थियो । कार्यक्रममा देउडा र विभिन्न गीत र नृत्यहरू प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :