बलिदान दिवसका अवसरमा पाल्पामा सहिद परिवारलाई सम्मान

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले बलिदान दिवसका अवसरमा जिल्लामा रहेका सहिद परिवारलाई सम्मान गरेको छ । बुधबार पाल्पाको तानसेनमा आयोजीत ‘बलिदान दिवस तथा सहिद परिवार सम्मान’ कार्यक्रममा नेकपाका पाल्पा जिल्ला इन्चार्ज प्रवीणले सहिद परिवारलाई सम्मान गरेका हुन् । सहिद परिवारलाई सम्मान गर्दै जिल्ला इन्चार्ज प्रवीणले सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै सहिदहरुले देखाएको बाटोमा निरन्तर अघि बढने प्रतिबद्धता गरे । साथै उनले एकिकृत जनक्रान्तिको कार्यदिशा सहित अघि बढिरहेको आफ्नो पार्टीले मात्र शहिदहरुका सपना पुरा गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा सहिद राजकुमार थापाको दाई आकाश थापा, माया घलेको दाजु मोहन घले, उमा बिककी बुहारी मनकुमारी सुनार, धर्ती दिसुवाको भाउजु नुना दिसुवा, सन्तोष बिकका बुवा समर बिक लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शारदा भण्डारी, लंक राना र लिला सारु पनि उपस्थित थिए । नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन निशानले गरेका थिए । उक्त कार्यक्रममा स्थानीय युवा संगठनलाई भलिबल र नेट हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :