बलिदान दिवसमा नेकपाका नेताकार्यकर्ता सहिद परिवारका घर आगनमा

फोटो : लेकाली अनलाईन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी सल्यानले बलिदान दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा सहिद परिवारलाई सम्मान कार्यक्रम गरेको छ । जिल्ला पार्टीको कार्यक्रम अनुसार छत्रेश्वरी गाउँपालिकाको झिम्पेमा सहिद परिवारलाई सम्मान गर्दै जिल्ला इन्चार्ज लोकपालले सहिदको सपना पुरा गर्ने अभियानमा आफुहरु निरन्तर लागि रहेको बताए ।प्रचण्ड–बाबुरामहरु क्रान्ति छोडेर भागेर सहिदका सपनामा घात गरेको बताउदै लोकपालले आफ्नो पार्टी निरन्तर क्रान्तिमा रहेको बताए । उनले भने, ‘आज दलाल सत्ताले क्रान्तिकारी शक्तिमाथी प्रतिवन्धरुपी दमन थोपारेकोले सम्पुर्ण सहिद परिवार र आम क्रान्तिकारी जनताले त्यसको प्रतिरोध गर्नु पर्ने भएको छ ।’

केपी सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेर काण्डै काण्डले बदनाम हुदै गएको भन्दै इन्चार्ज लोकपालले ओली सरकारबाट जनताले आशा गर्नु पर्ने अवस्था नरहेको बताए । कार्यक्रममा झिम्पेका सहीद परिवारलाई दोसल्ला र अबिरको टिका लगाएर सम्मान गरिएको थियो । छत्रेश्वरी एरिया सेक्रेटरी बिनोदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन एरिया इन्चार्ज टोप बहादुर केसीले गरेका थिए ।

यस्तै बागचौरमा पनि सहिद परिवारलाई सम्मान गरिएको छ । तत्कालिन माओवादी जनयुद्वको समय २०५४ फागुन १४ गते हेमराज केसी, खिमराज डिसी र धनबहादुर थापालाई थोली हानी हत्या गरेपछि बागचौरमा प्रत्येक फागुन १४ गते बलिदान दिवस मनाइने गरिन्छ । यसैक्रममा नेकपाका सल्यान जिल्ला सेक्रेटरी तुफानले सहिद परिवारको घरमा पुगेर सम्मान गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :