रिहाइको माग गर्दै चितवनमा तालाबन्दी र जुलुस प्रदर्शन


चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको विरोधमा रिहाइको माग गर्दै अखिल (क्रान्तिकारी) चितवनले त्रि.वि. आंगिक क्याम्पस विरेन्द्र क्याम्पस भरतपुरमा तालाबन्दी गरेको छ ।

यसैगरी जन आदर्श क्याम्पस विरेन्द्रनगर राप्तीमा पनि विद्यार्थीहरुले आफ्नो नेताको रिहाइको माग गर्दै जुलुस प्रदर्शन गरेको चितवनबाट खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :