सरकारको फासिवाद र जनताको प्रतिरोध

नेपालको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका नेता र कार्यकर्ताहरूलाई गोली ताकेर हात्र थालेको तथ्य अब स्पष्ट भयो । यसको पछिल्लो कडी बर्दीयाको घटना बनेको छ । बर्दियामा हाम्रो पार्टीका इन्चार्ज र सेक्रेटरीमाथि गोली दागेर हानियो । झुक्किएर गोलीको प्रहार स्वयम् पुलिसमाथि पर्यो । यो केवल दुर्घटना मात्र भयो, घटना नेपाल कम्युनिस्ट पार्टीमाथि गराउन खोजिएको थियो ।

दलाल पुँजीवादी सत्ताका कारण सामाजिक दलाल पुँजीवादी सरकार दिन–प्रतिदिन फासिस्ट बन्दै गइएको छ र आगामी दिनहरूमा अझ फासिस्ट भन्दै जाने स्पष्ट छ । संसद्वादी पार्टीहरूकै बीचमा प्रतिशोधात्मक कारबाही, पत्रकारिता क्षेत्रलाई सरकारी नियन्त्रणमा राख्ने धृष्टता, सेना परिचालन सुरक्षा परिषद्को मर्दन गरी प्रधानमन्त्रीले गर्ने प्रस्ताव, ठूलाठूला विकास प्रोजेक्टहरू प्रधानमन्त्री कार्यालयले जिम्मा लिने सरकारी नियमजस्ता सामाजिक दलाल पुँजीवादी सरकारका हर्कतहरू श्री ३ जङ्गबहादुरका १०४ वर्ष झल्काउने कदमभन्दा कम छैनन् । यी मुद्दाहरूलाई भनेजस्तो गरी उपयोगमा ल्याउन सरकार निरन्तर फासिवादको दिशामा जानु अनिवार्य हुन्छ । अन्तर्यमा अन्तरनिहित यसप्रका।को फासिवाद अपनाउनका लागि सतहमा केही राजनीतिक जामा दिने चेष्टा देखा पर्छ जसमा जडसूत्रवाद, अन्धानुकरण, षड्यन्त्र, कपटपूर्ण सिद्धान्तको सम्मिश्रण देखा पर्छ । त्यो हो– व्यवस्थित समाजवादी समाजको नक्कल, व्यवस्थित पुँजीवादी समाजको अन्धानुकरण र दलाल पुँजीवादी षड्यन्त्रको सम्मिश्रण ।

नेपाल सरकारले हाम्रा नेताहरूमाथि गोली हात्रे घटना मैले पढेका र सुनेका दुई अन्तर्राष्ट्रिय कम्युनिस्ट घटनाको अन्धानुकरण, भद्दा प्रकारको नक्कल र कलाविहीन नाटकजस्तो देखापर्छ । पहिलो घटना मैले पढेको विषयलाई लिऊँ । सोभियत कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ठाउँमा मैले पढेको थिए, रुसमा कम्युष्टि सत्ता बिफल बनाउनकालागि पुँजीवादी एजेन्टहरूले विकासका संरचनाहरू भत्काइदिने, बिगार्ने र गड्बडी मच्चाइरहने गर्थे । यसको पुष्टि कतै हुँदैनथ्यो– त्यो कसले र कसरी भत्काइरहेको छ । यही सिलसिलामा स्टालिनको आदेशमा त्यसप्रकारका मानिसहरूको खोजी भयो । अधिकारीहरूले त्यसप्रकारको गिरोह र व्यक्तिहरू भएको रिपोर्ट स्टालिनसमक्ष पुर्याए । एक दिन कुनै व्यक्तिले सहरमा बिजुलीको प्रवाह अवरोध गर्न तारप्रणाली बिगार्दैछ भत्रे सूचना स्टालिनको कार्यालयमा आयो र त्यस्तो घटना जनताले कसरी गरिरहेको छ, त्यसको प्रकृति आफैँले हेर्नका लागि स्टालिन पनि त्यो ठाउँमा गए । तार प्रणाली बिगारिरहेको सुनिश्चित भएपछि स्टालिनले आदेश दिए, ‘सुट हिम’ (त्यसलाई गोली ठोक) ।

दोस्रो घटना मैले सुनेको विषयलाई लिऊँ । सन् २००४ को ब्रसेल्स सेमिनारमा पूर्वी समाजवादी रहेको युरोपेली देशकी (सायद उनी हङ्गेरीकी थिइन् कम्युनिस्ट प्रतिनिधिले आफ्नो देशको कम्युनिस्टविरोधी हृदयविदारक अनुभव सुनाइन्, त्यो समयमा त्यहाँका शासकहरू यति निकृष्ट भैसकेका थिए, कम्युनिस्ट भनेर कुनै पनि व्यक्तिको हत्या गरियो भने त्यसलाई कानुन नलागेसरह हुने गथ्र्यो । गोली हानिएको वा हत्या गरिएका व्यक्ति कम्युनिस्ट हुन् वा कम्युनिस्ट आन्दोलनमा लागेका छन् भनेर कुनै तरिकाले पुष्टि गरियो भने मानिसको हत्या गरेबापत लाग्ने दण्ड मिनाहा हुन सक्थ्यो । यसप्रकारको व्यवहार गर्ने ती नेताहरू तिनै थिए जो पहिलेको कम्युनिस्ट आन्दोलनका संशोधनवादी विरासत बोकेका हुन्थे । ती महिला कम्युनिस्ट नेत्रीको निष्कर्ष थियो– जब कुनै कम्युनिस्ट साम्राज्यवादको चाकरमा रूपान्तरित हुन्छ, त्यो सबैभन्दा फासिस्ट रूपमा प्रस्तुत हुन्छ । ती दक्षिणपन्थी नेताहरू सोभियत सङ्घको पतन र पूर्वीयुरोपको पुँजीवादमा पलायन भएका कारण साम्राज्यवादको चाकरीमा जनताका विरुद्ध फासिस्ट प्रकारको व्यवहार गर्थे ।

यी घटनाहरू एउटा समाजवादी देश रुसमा भएको थियो र एउटा पुँजीवादीकरण भएको कुनै पूर्वीयुरोपको देशमा । रुसमा भएको घटना त्यहाँको समाजवादी सत्ता भत्काउन खोज्ने पुँजीवादी एजेन्टहरूका विरुद्धको थियो । पूर्वीयुरोपमा भएको घटना पुँजीवादको अन्त्य र समाजवादको स्थापनाका लागि सङ्घर्ष गर्ने कम्युनिस्टहरूका विरुद्धको थियो । रुसमा पुँजीवादीहरूले समाजवादी सम्पत्ति भत्काउँदै गरेको वास्तविक पहिचानपछि कारबाही गरेको घटना थियो, पूर्वीयुरोपको त्यो देशमा जोकोहीका विरुद्ध गरिने अपराधलाई कम्युनिस्टका नाममा माफी गरिने महाअपराधका घटनाहरूको थियो ।

त्यस्तै प्रकारका घटनाहरूको अन्धानुकरण, भद्दा प्रकारको नक्कल र कलाविहीन नाटकको मञ्चन नेपालको सामाजिक दलाल पुँजीवादी सरकारले गरेको देखा पर्छ । केपी वलीको नेतृत्वमा चलेको सामाजिक दलाल पुँजीवादी तथा फासिवादी सरकारले खुलेआम नेताहरूमाथि गोली प्रहार गर्न थालेको छ । उसो त यो सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थोपरेको करिब एक वर्षको यो अवधिमा तमाम नेता र कार्यकर्ताको गिरफ्तारी गरेको छ र कमरेड कुमार पौडेल, कमरेड निरकुमार राई र कमरेड तीर्थ घिमिरेको गोली हानी हत्या गरिसकेको छ । राजनीतिक पार्टीहरू, मानवअधिकारकर्मीहरू, जनसमुदायबाट तीव्र विरोधपछि यसप्रकारका घटना केही दिन रोकिएका मात्र थिए । यी घटनाहरू पछिल्लो समयमा बढाउन खोजेको देखापर्छ ।

केपी वली नेतृत्वका फासिवादीहरूले अपनाएका यी हर्कतहरूलाई ती माथिका घटनाहरूसँग तुलना गरेर अध्ययन गरौँ । वली सरकारका यी घटनाहरू स्टालिनको नेतृत्वमा चलेको समाजवादी रुससँग कतै पनि मेल खाँदैन । समाजवादी रुस विश्वको पहिलो त्यस्तो समाज थियो जुन मानव जातिको सबैभन्दा उच्च, उत्रत, सभ्य र वैज्ञानिक थियो । त्यसप्रकारको सत्ता केवल जनताको रगतपसिनामा लुटका लागि पल्केका पुँजीवादीहरूका लागि मनपर्ने कुरा थिएन । त्यसप्रकारको जनताको सत्ता भत्काउन खोज्ने, साम्राज्यवादको सेवा गर्ने, पुँजीवादको पक्ष लिने दलालहरूमाथि दमन गर्नु निश्चित रूपले सत्ताको दायित्व हुन्थ्यो । रुसमा जुन प्रकारले समाजवादी सत्तामाथि धावा बोलिने गरेको थियो त्यो साम्राज्यवादको इसारामा गरिएका कार्यहरू थिए । त्यसप्रकारका कार्यहरूमाथि दमन गर्नु जायज हुन्थ्यो ।

वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी व्यवस्था आफैँमा साम्राज्यवादको दलाल हो, एकाधिकार पुँजीपति वर्गको नोकर हो र त्यसप्रकारको उत्पीडनकारी पुँजीको रक्षक हो । सामाजिक दलाल पुँजीवादी सरकार नेपालको दलाल पुँजीवादी सत्ताको सच्चा पहरेदार हो जसले नेपाली जनताको रगतपसिना सोहोरेर, एकाधिकारवादी पुँजीवादीहरूलाई पोषण गर्ने काम गर्छ । दलाल सामाजिक फासिवाद जनतामाथि अन्याय, अत्याचार, उत्पीडन थोपर्न तल्लीन हुनुपर्छ । भ्रष्टाचार, तस्करी, घूसखोरी, जनतामाथिको दमन, हत्या र आतङ्क यसका पर्याय बनेका हुन्छन् । यसका हर्कतहरू असभ्य, गँवार र जङ्गली प्रकृतिका हुन्छन् । नेपालको सरकार र यसको मानसिकता कस्तो छ भत्रे कुरा यो सरकारका निर्णयहरू, यसका व्यवहार, यसका सोचाइहरू र यसका प्रस्तुतिबाटै प्रस्ट हुन्छ ।

सरकारको यो चरित्रलाई ब्रसेल्स सेमिनारमा पूर्वी युरोपकी ती कम्युनिस्ट नेत्रीले बताएजस्तै त्यहाँको राजनीतिक घटनासँग दाजेर हेर्न सकिन्छ र त्योसँग पूरै मेल खान्छ । ती महिला नेत्रीले भनेअनुसार त्यो देशका सम्बन्धमा जुन घटनाहरू विकास भएका थिए त्यो फासिवाद थियो । स्वाधीनता, स्वाभिमान, मानवजातिको आत्मसम्मानबाट पराधीनतामा फर्केकाहरूको दुष्चक्र थियो । त्यो जनविरोधी थियो र प्रतिगमन थियो । नेपालमा पनि अहिले त्यही छ, त्यही भइरहेको छ र त्यही दिशातिर बढिरहेको छ । यहाँको दलाल फासिवादी सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामाथि जुन प्रकारले दमन चलाउन खोजेको छ त्यो दलाल शासकको चारित्रिक विशेषताभित्र पर्ने कुरा हुन् । यसप्रकारको दमन–व्यवहार वास्तवमा सिद्धान्त, राजनीति, छलफलबाट समाधान हुन सक्दैन । त्यसको समाधान ‘जस्तालाई तस्तै’ को व्यवहारले मात्र गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :