अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्द अदातलबाट रिहाइ भए लगत्तै पुन: गिरफ्तार

 

 धनगढी :अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई अदालतले रिहा गरे लगत्तै प्रहरीले पुन: गिरफ्तार गरेको छ । बुधबार जिल्ला अदालत कैलालीले चन्दलाई रिहाइको आदेश जारी गरेको थियो । करिब १० महिना देखी धनगढी कारागार कारागारमा रहेकी चन्दलाई अदालतले रिहाईको आदेश दिए लगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो । कारागारबाट रिहाइ हुनवित्तिकै परिवारको सम्पर्कमा जान नदिएर अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै परिवारका सदस्यले मानवअधिकारकर्मीहरु खोजअनुसन्धान गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :