शैक्षिक संस्थाहरू भए जनयुद्ध दिवसमय


बुटवल : अखिल (क्रान्तिरकारी) ले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । यहाँका शैक्षिक संस्थाहरूमा अखिल (क्रान्तिकारी) ले शुभकामना आदानप्रदान, अन्तरसंवाद, प्रशिक्षण कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले बुटवल बहुमुखी क्याम्पस, लुम्बिनीलगायत क्याम्पसमा जनयुद्ध दिवस मनाएको छ । विद्यार्थीहरूले अबिर लगाएर एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरूले मिठाइ पनि बाँडेका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्यूरो संयोजक वीरेन्द्र विकले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी अखिल (क्रान्तिकारी) कैलालीले पनि २५ औँ महान् जनयुद्ध दिवसका अवसरमा जिल्लाका धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की, घोडाघोडी, अत्तरियालगायत विभिन्न ठाउँमा ब्यानर प्रदर्शनसहित शुभकामना आदानप्रदान गरेको छ ।

सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) कैलालीले विद्यार्थीलाई अबिर लगाएर मिठाइ तथा चकलेट वितरण गर्दै शुभकामना कार्यक्रम सप्पन्न गरेको छ । उक्त कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबरजङ सिंह, जिल्ला अध्यक्ष सुवास मजोशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सरकारले विद्यार्थी नेता–कार्यकर्तामाथी थुपरेको झूट्टा मुद्दा खारेज गरी दमन, धरपकड र विद्यार्थीमाथिको प्रतिबन्ध तत्काल हटाएर सहज वातावरण बनाउन विद्यार्थी नेताहरूले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :