ब्युरो सदस्य उभार र विद्यार्थी सेढाईंलाई बिनासर्त रिहा नगरिए बदला लिने नेकपाको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले पार्टीका ब्युरो सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन ‘उभार’ र क्याम्पस अध्ययन गरिरहेका विद्यार्थी पर्वत सेढाईंलाई यही २८ गते बेलुका तनहुँको म्याग्दे गाउँपालिका, जामुनेबजारबाट बिनाकारण प्रहरीले गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउन खोजेको भन्दै तत्काल बिनासर्त रिहा नगरिए उचित समयमा बदला लिने चेतावनी दिएको छ । ब्युरो इन्चार्ज आस्थाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएकी हुन् ।

ब्युरो इन्चार्ज आस्थाको विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला राष्ट्रघात र जनघातले देश आक्रान्त छ । एमसीसी र बालुवाटार जग्गा प्रकरणको पछिल्लो काण्डसम्म आउँदा दलाल फासिवादी केपी सरकारको असली अनुहार जनताको बीचमा उदाङ्गो भएको छ । आफूप्रतिको जनआक्रोशको ध्यान मोड्न र न्यायको आवाजलाई दबाउन हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाई दमन, षड्यन्त्र, गिरफ्तारी र हत्यासम्मको फासिवादी चरित्र केपी सरकारले देखाइरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै क्रममा हाम्रो पार्टीका गण्डक ब्युरो सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज कमरेड पूर्णजित पुन ‘उभार’ र क्याम्पस अध्ययन गरिरहेका विद्यार्थी पर्वत सेढाईंलाई २०७६ माघ २८ गते बेलुका तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाअन्तर्गत जामुने बजारबाट बिनाकारण प्रहरी प्रशासनले गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउन खोजिरहेको छ । यस्ता गैरन्यायिक झूट्टा मुद्दा र गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार कमरेडहरुको तत्काल बिनासर्त रिहाइको अपिलसमेत गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा चेतावनी दिँदै भनिएको छ, ‘दलाल केपी सरकारको जनताविरुद्धको षड्यन्त्र, दमन र गिरफ्तारीको हिसाबकिताब उचित समयमा सङ्घर्षबाट दिइनेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :