शाहको कब्जा जमिन किनबेच गरिए जनकारवाही हुन्छः थारुवान स्वायत्त परिषद

धनगढी : कैलालीको हरैयास्थित सुकुम्बासी बसोबास गरेको जमिन किनबेच गरे जनकारवाही गर्ने थारुवान स्वायत्त जनपरिषदले चेतावनी दिएको छ । जनयुद्धको क्रममा रणबहादुर शाहको नाममा रहेको उक्त जमिन अझै कब्जामै रहेको बताउँदै परिषदले उक्त जमिनमा सूचना टाँसेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट परिषदले उक्त जमिन किनबेच गर्न नपाउने भन्दै चेतावनीमूलक सूचना टाँसेको हो । ‘कैलाली जिल्ला हरैयामा रहेको जमिनदार रणबहादुर शाहको उक्त जमिन अहिले पनि थारुवान स्वायत्त जनपरिषद नेपाल कैलालीको कब्जामा रहेको सूचित गरिन्छ । यस जमिनलाई खरिद बिक्री गरिएको पाइएमा सशक्त जनकारवाही हुने चेतावनी स्वरुप यो सूचना जारी गरिएको छ’ सूचनामा उल्लेख गरिएको छ । उक्त जमिनमा जनयुद्ध कालदेखि नै बसोबास गर्दै आएका भूमीहिन तथा सुकुम्बासीको भूमाफियाले उठिबास लगाएको भन्दै नेकपाले विरोध गर्दै आएको थियो । जनपरिषदले सुकुम्बासीलाई नउठाउन पटकपटक चेतावनी दिँदै पनि आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :