नेकपाका ब्युरो सदस्य भट्ट फेरि गिरफ्तार

काठमाडौँ :नेपाल कम्युनिष्ट पार्टीको गण्डक ब्युरो सदस्य कपिल भट्ट फेरी गिरफ्तार भएका छन ्। सर्बोच्च अदालतको आदेशमा रिहा भएको झन्डै साढे चार महिनापछि प्रहरीले भट्टलाई शुक्रबार दिउँसो चितवनको भरतपुरबाट गिरफ्तार गरेको हो । उनी गिरफ्तारीमा परेको जानकारी उनकी धर्मपत्नी सुप्रभा देवकोटाले शनिबार दिउँसो फेसबुक स्टाटस लेखेर दिएकी हुन् । देवकोटाका अनुसार, कपिल भट्ट चितवनको भरतपुरस्थित क्षेत्रपुरमा रहेको आफन्तको घरमा बसेर खाजा खाइरहेको बेला सादा पोशाकका प्रहरीले गिरफ्तार गरेर लगेका हुन् । शुक्रबार दिउँसो गिरफ्तार गरिएको भए पनि भट्टको अवस्थाका बारेमा प्रहरीले आफुलाई कुनै जानकारी नदिई बेपत्ता बनाइएको देवकोटाको भनाई छ । चितवनको भरतपुरबाट गिरफ्तार गरिएका नेता कपिल भट्टलाई शुक्रबार राती नै महानगरीय प्रहरी परिसर काठमाडौँ टेकुमा पु¥याइएको छ ।
यस अघि पनि ने.क.पा. गोर्खाको तत्कालिन जिल्ला सेक्रेटरीका हैसियतमा रहेकोबेला बैशाख २२ गते गोरखाबाट भट्ट गिरफ्तार परेका थिए । गिरफ्तार गरिएका भट्टलाई प्रहरीले बिभिन्न मुद्दा लगाउंदै कास्की, लमजुङ्ग, तनहुँ, पर्वत, बागलुङ्ग, स्याङ्गजा लगायतका जिल्ला पु¥याएको थियो । गिरफ्तार गरिएको करीब साढे चार महिना पछि असोज ८ गते सर्बोच्च अदालतको आदेशमा उनी रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :