कैलालीमा युवा सङ्गठन नेपालको एरिया भेला सम्पन्न


कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालको एरिया भेला कैलाली जिल्लाको कमान्ड नं २ मा सम्पन्न भएको छ । माक्सलले अध्यक्षता र सञ्चालन गरेको भेलामा पार्टीका एरिया इन्चार्ज विकल्पले प्रमुख आतिथ्य, पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालका ब्युरो सदस्य दीपकले विशिष्ट आतिथ्य र ओम अतिथि रहेका थिए ।

भेलाले १७ सदस्यीय युवा सङ्गठन नेपाल कैलालीको एरिया कमिटी गठन गरेको छ । सङ्गठनमा प्रविन अध्यक्ष, रूपेश उपाध्यक्ष, सन्तोष सचिव, भीमसेन कोषाध्यक्ष र नरेश सहसचिव रहेका छन् । सदस्यहरुमा सरोज, कमल, शङ्कर, सोम, रतन, सन्तोष, सिद्ध, चित्कार, आकाश र पुकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :