सहिद परिवारद्वारा रुपन्देहीमा स्मृति सभा सम्पन्न

बुटवल : सहिद परिवार संगठन नेपाल रुपन्देहीले सहिद दिवसको अवसरमा सैनामैनामा स्मृति सभा सम्पन्न गरेको छ । निरङ्कुश राणा शासनका विरुद्ध प्रजापरिषद्को नेतृत्वमा सङ्घर्ष गर्दा राणा सरकारले हत्या गरेका शहिदहरु गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको स्मृतिमा उक्त सभा गरिएको हो ।

उक्त स्मृति सभामा सहिद परिवार संगठन नेपालका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । स्मृति सभामा रुपन्देही जिल्लाका सहिद तथा वेपत्ता परिवार लगायत सयौंको संख्यामा सहभागिता रहेको थियो । स्मृतिसभामा बोल्ने बक्ताहरुले सहिद तथा वेपत्ता परिवारले नेपालका हरेक आन्दोलन वा क्रान्तिमा बलिदान गरिएका महान सहिदहरुको सपना पुरा नभएको भन्दै आगामी दिनमा सङ्घर्ष जरुरी रहेको बताएका थिए । उनीहरूले दलाल संसदीय व्यवस्थामा सहिदहरुका सपना पुरा नहुने बताए । साथै वक्ताहरुले वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्प नभएकोले नेकपामाथि लगाइएको प्रतिबन्ध खारेज हुनुपर्ने, अमेरिकी साम्राज्यवादको रणनीतिक योजनामा नेपालमा ल्याइएको इण्डोप्यासिफिक रणनीति र एमसीसी खारेज गर्नुपर्ने र राष्ट्रियताको पक्षमा थप सङ्घर्ष गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :