सहिदहरुको सम्झनामा पाल्पामा स्मृतिसभा सम्पन्न

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीले निरङ्कुश राणा शासनका विरुद्ध प्रजापरिषद्को नेतृत्वमा सङ्घर्ष गर्दा राणा सरकारले हत्या गरेका शहिदहरुको स्मृतिमा देशैभरी सभाहरु सम्पन्न गरेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले तानसेनमा शहिद स्मृति सभा सम्मपन्न गरेको छ । पाल्पामा आयोजीत शहिद स्मृति सभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज प्रविणले सहिदहरुलाई भर्याङ बनाएर सत्तामा पुगेका दलालहरुले सहिदहरुको सपनालाई धोका दिएको बताए । नेता प्रविनले नेपालको हरेक दशकमा भएको क्रान्ति वा आन्दोलनमा हजारौं योद्धाहरुले बलिदान दिएपनि ती सहिद योद्धाहरुको सपना पुरा नभएको भन्दै त्यसका लागी क्रान्ति जारी रहेको बताए । उनले दलाल संसदीय व्यवस्थाबाट सहिदको सपना पुरा हुन सम्भव नहुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए ।

उनले इण्डोप्यासिफिक रणनीति अन्तर्गत एमसीसीको बहानामा नेपालमा सैन्य अखडा स्थापना गर्ने उत्तरसाम्राज्यवादीहरुको सपना पुरा हुन कुनै हालतमा नदिने समेत बताए । विद्यार्थी नेता सारदा भण्डारीको संचालन, नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला नेता सुमन, युवा संगठन नेपाल पाल्पाका अध्यक्ष लिला सारु मगर, सहिद वेपत्ता परिवार र स्थानिय जनताको उल्लेख्य सहभागिता रहेको थियो । जहानिया राणाशासन विरुद्धको आन्दोलन गर्दा तत्कालीन राणा शासनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको हत्या गरेको थियो । तिनै शहिदहरुको सम्झनामा नेकपाले आज अर्थात माघ १६ गते देशैभरी स्मृति सभाहरु सम्पन्न गरेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :