निर्वाचन भय र त्रासमुक्त भएन –राष्ट्रिय मानव अधिकार आयोग

Mohana-Ansari

काठमाडौं/असार १५ :  गृहमन्त्रालय र निर्वाचन अायाेगले चुनाव शान्तिपूर्ण भएकाे दावी गरिरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले भने दोश्रो चरणको स्थानीय तहको निर्वाचन शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न नभएको दाबि गरेकाे छ । दोश्रो चरणको निर्वाचन पहिलो चरणको भन्दा झनै भय र त्रासमा भएको, प्रहरीले यथेष्ट सुरक्षा दिन नसकेको बताएको छ ।  विहिबार विहानको बीबीसी नेपाली सेवासँग कुरा गर्दै आयोगकी प्रवक्ता मोहना अन्सारीले ‘सुरक्षा निकायको व्यापक उपस्थिति र त्यत्ति हुँदा पनि यत्रतत्र बम विष्फोट र घाइते बन्नुका कारण जनताले त्रास र भयमा मतदान गर्नु परेको’ बताइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :