उमा भुजेललाई झूट्टा मुद्दामा फसाउने षड्यन्त्र

काठमाडौं : पुस १२ गते सुनसरीबाट गिरफ्तार गरिएकी नेकपाकी केन्द्रीय सदस्य तथा मेची–कोसी ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ लाई सुनसरी प्रहरीले झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरेको भुजेलको पारिवारिक स्रोतले जनाएको छ । मुचुल्का तयार गर्दा बीचमा केही ठाउँ खाली राखेर उमा भुजेल र सुमनसिंह पौडेललाई हस्ताक्षर गराइएको र सोही खाली स्थानमा ‘एक थान घरेलु सानो पेस्तोल बरामद’ लेखी थपेर अदालतमा पेस गरिएको बताइएको छ । उनीहरूको साथबाट कब्जा गरेको ४ लाख रुपैयाँ मुचुल्कामा उल्लेख नगरी पचाउने, राजस्वमा भ्रष्टाचार गर्ने षड्यन्त्र पनि गरिएको बताइन्छ ।

उनीहरू पुस ११ गते साँझ पार्टीका सुनसरी इन्चार्ज प्रज्वल श्रेष्ठका दाइको घरमा बास बसेको, १२ गते बिहान ७ बजे घरबाट निस्कनासाथ सादा पोसाकको मोटरसाइकलले पिछा गरेको र लगत्तै पेस्तोल ताक्दै ‘रोक रोक’ भन्दै चारैतिरबाट घेरा हालेको पारिवारिक स्रोतले बताएको छ । बास बसेको घरको अर्को दाइ प्रहरी सेवामा रहेको र केही महिनाअघि तत्कालीन सुनसरी इन्चार्ज लक्ष्मण पौडेल पनि त्यही घरबाट गिरफ्तार भएको खुल्न आएको छ । उनीहरूलाई हाल सुनसरी जिल्ला प्रहरी हिरासत इनरुवामा थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :