अनावश्यक भ्रम उत्पन्न भयो : विरही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज विरहीले जनपत्रकार सङ्गठन नेपाल र त्यसको नेतृत्वका विरुद्ध अनावश्यक भ्रम र अफवाह फैलिएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पार्टीका केन्द्रीय सदस्य एवम् सङ्गठनका फ्र्याक्सन इन्चार्ज विरहीले वक्तव्य जारी गर्दै सङ्गठनले खेल्दै आएको महत्वपूर्ण भूमिकाबाट अत्तालिएका पार्टी र सङ्गठनविरोधीहरूले अनावश्यक भ्रम सिर्जना गरिरहेको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि जनपत्रकार सङ्गठन, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यसबाट अत्तालिएका तत्वहरूले पार्टी, सङ्गठन र नेतृत्वका विरुद्ध दुराशयपूर्ण भ्रम र अफवाह सिर्जना गरिरहेका छन् । त्यसप्रकारको भ्रम र अफवाहमा कुनै सत्यता नरहेको स्पष्ट गरिन्छ ।’
विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :