रोल्पाको थप खबर/व्यापक प्रहरी परिचालन

police rolpaअम्बिका चन्द/काठमाडौं/असार १४ :  माओवादी केन्द्रका नेता एवं सरकारका उपप्रधानमन्त्रीसमेत रहेका कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा मतपेटीका जलेपछि अहिले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । उक्त इलाकामा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरी जनताका घर घरमा पसेर खानतलासी गरिहरेको छ । आज विहान सदरमुकाम लिबाङको नजिकै उत्तरपट्टी पर्ने पुरानो ढबाङ तथा हालको रोल्पा न.पा.–१०, जनता मा.वि. भनभनेमा नेकपाले मतपेटिका जलाएर ध्वस्त पारिदिएपछि त्यहाँको चुनाव स्थगित हुन पुगेको छ । मतदान स्थलमा आएका केही युवाहरुले मतपेटिका कब्जामा लिई एसिड खन्याएर आगो लगाएको प्रत्यक्षदर्शी एक स्थानियले बताएका छन् ।

जम्मा २ वटा संसद सदस्यीयको निर्वाचन क्षेत्र रहेको रोल्पाको १ नम्वर क्षेत्र पर्ने उक्त इलाकामा माओवादी केन्द्रका नेता महराको लामो समयदेखि एकल बर्चस्व छ । २०४८ सालको आमनिर्वाचनमा विजयी भएका महरा २०६४ सालको पहिलो संविधानसभा र २०७० को दोस्रो निर्वाचनमा पनि उनै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :