अछामका विभिन्न मतदान केन्द्रमा बम विष्फोट

 

 

achham bomb blast

काठमाडौं/असार १४ : अछामका विभिन्न मतदान केन्द्रहरुमा बम फेला परेका छन् । विनायक-पञ्‍चदेव नगरपालिका–२ स्थित सरस्वती प्रावि मतदान केन्द्रमा एउटा शक्तिशाली बम विष्फोट भएको छ भने २ वटा सेनाको टाेलीले निस्क्रिय पारेको छ । विष्फोटका कारण केही समय मतदान स्थगित भएको थियाे । सोही नपाकाको विद्यामन्दिर उ.मा.वि. मतदान केन्द्र र कालिकास्थान नजिक शंकास्पद बस्तु फेला परेको छ । निस्क्रिय पार्न सेनाको टोली त्यसतर्फ गइरहेको छ । त्यस्तै वडा नम्बर ८ को कोसेडी र ५ को लयटीमा बम विष्फोट भएको स्थानीयले बताएका छन् । त्यसैगरी ढकारी गाउँपालिकाको ढकारी बजार नजिकै पनि प्रेसर कुकर बम विष्फोट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :