इलाममा नेकपाको सङ्गठन विस्तार तीव्र

इलाम : सरकारी प्रतिबन्ध खारेज गर्दै इलाममा तीव्र रूपमा नेकपाको सङ्गठन विस्तार गरिएको समाचार प्राप्त भएको छ । सूर्योदय नगरपालिकाका १४ वटै वडामा समिति निर्माण गरिएको जनाइएको छ ।

वडा नं. १ मा काजीमान शेरेङको अध्यक्षतामा ७ समिति वडा समिति निर्माण गरिएको छ । यसैगरी क्रमशः २ देखि १४ वडासम्म पार्टी समिति निर्माण गरिएको छ ।

रामचन्द्र लिम्बूको अध्यक्षतामा ९ नं. वडा समिति, श्याम खतिवडाको अध्यक्षतामा ११ नं. वडा समिति, विदुर लामिछानेको अध्यक्षतामा ८ नं. वडा समिति, बिर्खबहादुर तामाङको अध्यक्षतामा १३ नं. वडा समिति, सुवास बस्नेतको अध्यक्षतामा ९ नं. वडा समिति, सुकवीर ढकालको अध्यक्षतामा ८ नं. समिति, कुवेर राईको अध्यक्षतामा ९ वडा समिति, चोलेन्द्र राईको अध्यक्षतामा ८ वडा समिति, शङ्कर राईको अध्यक्षतामा ९ समिति, टङ्क आचार्यको अध्यक्षतामा १६ जनाको वडा समिति र बबिन राईको अध्यक्षतामा १४ जनताको वडा समिति निर्माण सम्पन्न भएको जनाइएको छ ।

सङ्गठन निर्माणपछि आयोजित नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथि इलाम जिल्ला इन्चार्ज हिमालले एकीकृत जनक्रान्तिमा लामबद्ध भई वैज्ञानिक समाजवाद स्थापना गरेरै छोडिने बताएका थिए । उनले फासिवादी सरकारको दमन, अत्याचार, हस्तक्षेप र गिरफ्तारी तत्काल बन्द गर्न र हस्तक्षेप बन्द नगरे आफूहरू पनि प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिए ।

कार्यक्रमको अध्यक्षता सूर्योदय नगरपालिकाका इन्चार्ज परिवर्तनले गरेका थिए । कार्यक्रममा इलाम जिल्ला कार्यालय सचिव छिरिङ, इलाम– काठमाडौँ मञ्चका संयोजक विपीन, इलाम काठमाडौँ सम्पर्क मञ्चका सचिव विस्फोटलगायत विभिन्न क्षेत्र र जिम्मेवारीका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :