अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न


बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बुटवल उपमहानगरको दोस्रो सम्मेलन बुटवलमा मङ्गलबार भव्यतापुर्वक सम्पन्न भएको छ । उक्त सम्मेलनले नम खानलाई अध्यक्षमा निर्वाचित गरेको छ । उनको अध्यक्षतामा ३३ सदस्यीय बुटवल उपमहानगर समिति निर्वाचित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विक, अतिथिहरू नेकपा बुटवल इलाका इन्चार्ज नवीन थारू, अखिल (क्रान्तिकारी) रूपन्देही अध्यक्ष रमेश गैरेलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन पवन ज्ञवाली र स्वागत विकास गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :