कसैलाई गिरफ्तार गरेर बेपत्ता पारेका छैनौँ : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले कसैलाई पनि गिरफ्तार गरेर बेपत्ता नपारेको जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी रतनले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘यही २०७६ मङ्सिर २६ गते सेतोपाटी अनलाइनमा प्रकाशित सुराकी आरोपमा विप्लवले पति बेपत्ता पारेको भन्दै पत्नीले दिइन् प्रहरीमा निवेदन शीर्षक समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । २०७६ असोज २८ गते राजपुर गाउँपालिका मुङ्ग्रेटाबाट सामाजिक दलाल सरकारद्वारा हाम्रो पार्टीका दुईजना केन्द्रीय सदस्यसहित २१ जनालाई बैठक स्थलबाट गिरफ्तार गरी हालसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उक्त घटनासँग हाम्रो पार्टीले वीरबहादुर विकलाई घरबाट लगेर बेपत्ता पारेको भनी श्रीमती मीना विकले मानवअधिकारकर्मी, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासङ्घ, बार एसोसिएसनलगायत संस्थाहरूमा दिएको निवेदनले हामीलाई आश्चर्यचकित तुल्याएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘वीरबहादुर विकसहित ३ जनालगायत कुनै पनि व्यक्तिलाई हाम्रो पार्टीले बोलाएको, गिरफ्तार गरेको कुरा पूर्णतः झूट भएको स्पष्ट गर्न चाहन्छौँ । निवेदक मीना विकलाई पनि विभिन्न सङ्घसंस्था र समाजमा द्वन्द्व मच्चाई आफ्नो निहित स्वार्थ पूरा गर्न चाहने विभिन्न तत्वहरूको उक्साहटमा नलाग्न अनुरोध गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसप्रकारको समाचार केही समयअगाडि पनि सेतोपाटी अनलाइनमा प्रकाशित भएको थियो । यसप्रकारका तथ्यहीन समाचारहरू लेख्ने र प्रचार गर्ने संस्थालाई पनि जिम्मेवार ढङ्गले प्रस्तुत हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :