अनेमसंघ क्रान्तिकारीको दोस्रो जिल्ला भेला सम्पन्न : अध्यक्षमा परियार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी, जिल्ला कमिटी रौतहटको दोस्रो जिल्ला भेला भब्य रुपमा सम्पन्न भएको छ । उक्त भेलाले विनिता परियारको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन गरेको छ ।

रौतहट जिल्ला सेक्रेटरी सिसम शाहीको प्रमुख आतिथ्यता एवं उक्त संगठनकी नारायणी ब्युरो संयोजक रेखा मगरको विशिष्ठ आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै सिसम शाहीले भनिन्, ‘दोस्रो दर्जाको नागरिकबाट माथि उठ्नका लागि हामीले निरन्तर संघर्ष गर्नुपरेको छ । असमानता र अराजकताको अवस्थाको मुल कारण संसदीय दलाल पुँजीवादी व्यवस्था हो । वर्गीय मुक्ति नभएर महिलाका हक अधिकार सुरक्षित हुँदैन । महिलाका हक अधिकारलाई सुरक्षित गर्नको लागि एकीकृत जनक्रान्ति आवश्यक छ । त्यसकारण यस क्रान्तिमा होमिन सम्पूर्ण महिला दिदीबहिनीलाई आग्रह गर्दछु ।’

त्यस्तै विशिष्ठ अतिथि रेखा मगरले महिला मुक्तिका लागि एकतावद्ध भएर एक पटक संगठित हुनुपर्ने धारणा राखेकी छिन् । उनले भनिन्, ‘२१औं शताब्दीका हामी महिला आजको दिनमा पनि कुकुरा भएर बसिरहेका छौं। हाम्रो नजरमा कति नै दुनियाँ पर्छ? कति दिनसम्म हामीले कुकुरा भएर आँगन खोर्सिनु पर्ने हो ? त्यही भएर एक पटक महिलाले आकाशमा उड्ने चिल बन्नुपर्छ। आकासबाट जमिन नियाल्नुपर्छ । राष्ट्रियता, जनतन्त्र, जनजीविका र महिला मुक्तिका निम्ति अनेमसंघ क्रान्तिकारी निरन्तर संघर्षको मैदानमा छ । महिलाहरूले पनि यो देशमा ठूल–ठूला इतिहास रचेका छन् । परिवर्तनका लागि आफ्नो जीवन बलिदान दिएका छन् । तर, हामी सोचेको र देखेको सपना पूरा भएन । त्यसैले फेरि पनि एक पटक अधिकारको लागि उठ्नुपर्ने, जुट्नुपर्ने अवस्था आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :