युवा संगठन, नेपालको तेस्रो जिल्ला भेला सम्पन्न


सल्यान : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन, नेपाल सल्यानको तेस्रो जिल्ला भेला शनिबार सम्पन्न भएको छ । बसन्तको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

सल्यान जिल्लाका युवा नेता असलको प्रमुख आतिथ्य तथा नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला सेक्रेटरी लोकपाल, युवा संगठनका राप्ती ब्युरो इन्चार्ज अनिल र युवा संगठनका केन्द्रीय सदस्य विरेन्द्रको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले एकीकृत जनक्रान्ति नयाँ युगको माक्र्सवाद भएकोले त्यसैले यसमा सबै खालका उत्पिडनको हल हुने बताए ।

वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिबाट मात्र सम्भब रहेको भन्दै यसमा सबै युवाहरू लाग्न आवश्यक भइसकेको वक्ताहरुले बताए ।

युवा संगठन, नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलले नेपाली जनताको जनजीविका, रास्ट्रिय स्वाधिनता र फासिबादका बिरुद्ध डटेर अन्तिम लडाइँ भन्दा अर्को विकल्प नभएको प्रस्ट पार्दै सल्यानी परिवर्तनकारी आम युवाहरुलाई गोलबन्द गर्न र हुन अपिल गर्नुभयो ।

भेलाले युवा संगठन सल्यानको उपाध्यक्षमा मछेन्द्र, सचिव गोविन्द, सहसचिव मोहन र कोषाध्यक्षमा केपि मगरलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :