सेती–महाकालीमा जनपक्षीय पत्रकारीता तालीम सम्पन्न

 काठमाडाैँ : जनपत्रकार संगठन, नेपाल सेती–महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा जनपक्षीय पत्रकारिता तालिम सम्पन्न गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा  जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका सेती महाकाली ब्युरो संयोजक पूर्णिमा धामी लगायतले मन्तब्य राखेका थिए ।

तालिममा सुदुरपश्चिम तथा सेती महाकालीका कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, डडेल्धुरा, अछाम, डोटी, बाजुरा, दार्चुला लगायत जिल्लाबाट प्रतिनिधित्व हुने गरि सहभागिता रहेको थियो । जनपक्षीय पत्रकारिता तालिमको प्रशिक्षकमा जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, संगठनका महासचिव हिम बिष्ट, संगठनकै केन्द्रीय कोषाध्यक्ष जानकी चौधरी रहेका थिए । मंसिर १८ गतेदेखि सुरु भइ शनिबार समापन भएको तालिममा पूर्व संविधानसभा सदस्य पुरन राना थारुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश पुनले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान प्रदान गरेका थिए । राजेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य भावेश उपाध्यायले राखेका थिए भने कार्यक्रमको सञ्चालन रोषण खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :