भारतीय हस्तक्षेप विरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले भारतीय हस्तक्षेपका विरुद्ध काठमाडौँमा जुलुुस प्रदर्शन गरेको छ । भारतले नेपालीभूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेपछि नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मन्चले काठमाडौँको सामाखुसीमा जुलुस निकालेको हो । जुलुसको नेतृत्व जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय सदस्य खेम प्रधानले गरेका थिए । जुलुस प्रदर्शनपछि आयोजीत कोण सभामा बोल्दै मन्चका केन्द्रीय सदस्य प्रधानले नेपाली दलाल र भारतीय विस्तारवादले नेपालको भुभाग मिचेर बनाएको नक्सा नसच्चाए आगामी दिनमा साम्राज्यवादी दलालहरुले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिए ।भारतले नेपाली भुमिमा गरेको हस्तक्षेपका विरुद्ध आइतबार नेकपाले देशैभरी जुलुस प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :