बेवारिसे वस्तु छुँदा विष्फोट/एकजनाको मृत्यु

sanraij
काठमाडौं/असार १३ः कैलाली, धनगढीमा राती १० बजे बेवारिसे वस्तु चलाउँदा सो वस्तु विष्फोट हुँदा नेकपाका एकजना स्थानीय नेता चन्द्रबहादुर सेन ‘सनराइज’ को सहादत भएको छ । नेकपा, महाकाली ब्युरो इन्चार्ज सम्झना घर्तिले सो घटनाको पुष्टि गुर्नु भएको छ । मंगलबार विहान नेकपाका पिबियम ओमप्रकाश पुनले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ –

कैलाली, धनगढी–१२, सि गाउँ निवासी चन्द्रबहादुर सिह ‘सनराईज’ असार १२ गते बेलुका १० बजे बेवारिसे वस्तु पन्छाउन खोज्दा विष्फोट भै कैलालीको धनगढीमा सहादत्त भएको खबरले हामीलाई निकै मर्माहत बनाएको छ । पार्टी कामको सिलसिलामा साथीहरूसँग भेटघाट गरि घर तर्फ फर्कने क्रममा धनगढी जिएच एण्ड सन्स होटेलको आँगनमा संकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर होटेल पछाडिको कैलाली नालामा फाल्न जाँदा अचानक बिस्फोट भै घाइते हुँदा उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा उहाँको रातिको करिव ११ बजे सहादत्त भएको छ ।
कथित स्थानीय चुनावको खारेजी अभियानमा खटिरहनु भएका हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी कैलालीका जिल्ला सदस्यसमेत रहेका कर्मठ कमरेड सनराईजको शहादत्तले हाम्रो पार्टीलाई गम्भीर क्षती भएको छ भने परिवारजनमा गहिरो शोक र दुःख परेको छ । यस शोकको घडिमा परिवारजनलाई धैर्य धारण गर्न र पार्टी पंक्तिलाई संमयमित हुन सेती–महाकाली ब्युरो हार्दिक अपील गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :