सत्ता टिकाउन रचिएको कथित उपनिर्वाचन सशक्त बहिष्कार गर्न नेकपाको अपिल


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति कास्कीले सत्ता टिकाउन केपी वली सरकारले यही मङ्सिर १४ गतेका लागि घोषणा गरेको उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्न जनसमुदायमा अपिल गरेको छ । जिल्ला सेक्रेटरी विजयले प्रेस विज्ञप्ति जारी गर्दै जनसमुदायलाई यस्तो अनुरोध गरेका हुन् ।

सेक्रेटरी विजयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सर्वहारावर्गका पक्षमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ एकीकृत जनक्रान्तिको बाटोमा निरन्तर अघि बढिरहेको छ भने देशमा भ्रष्टाचार, दलाल, माफिया, सुदखोरलाई कारबाही गर्दै देशका राष्ट्रघाती, जनघाती सम्झौताविरुद्ध उत्तिकै सङ्घर्ष गर्दै देश र जनताको हितमा निरन्तर अघि बढिरहेको अवगत नै छ । विगत आठ महिनादेखि यो सामाजिक दलाल फासिवादी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धको चौतर्फी विरोध हुँदाहुँदै पनि फासिस्ट सरकारले दमनको नीति अपनाउँदै हाम्रा नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्ने, दमन गर्ने र हत्यासमेत गर्ने गरी देशमा द्वन्द्व थुपार्न चाहन्छ । हामी यसको घोर विरोध गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त समस्याहरूको ख्यालै नगरी, जनताको हकविपरीत भएका कार्यमा मौन हुँदै, सीमाविवाद उच्च रूपमा चलिरहेको बेला वर्तमान सामाजिक दलाल फासिवादी सरकारले यही मङ्सिर १४ गते उपनिर्वाचनको घोषणा गरेको छ । सामाजिक दलाल फासिवादी सत्ता र यो दलाल संसदीय व्यवस्थाले जनता र देशको हितका लागि काम गर्नु त परै जाओस्, यसले चरम भ्रष्टाचार, बेथिति निम्त्याउँदै, जनताको सामान्य जीवनयापनमा समेत आँच पुर्याउने पक्का छ । यसैअनुरूप आफ्नो सत्ता टिकाउनका लागि रचिएको कथित उपनिर्वाचनको सशक्त रूपमा बहिष्कार गर्न आमकस्केली जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ मंसिर १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :