हिटलर पनि हाम्रै पुर्खा हुन् – सोनाम साथी

SONAM

हामी निवर्गिय मान्छे कि वर्गिय ? जाती त धेरै परको विषय हो । जाती र संघीयताको मुद्दा हामीले नै उठाएक हौं र त्यसको समाधान पनि हामीले नै गर्नुपर्छ । हजार वर्ष पहिले हाम्रा एउटै रहेछन् । हिटलर पनि हाम्रै नातेदार पर्दा रहेछन् । संघीय राष्ट्रको माग मात्रै गर्ने दायित्व हाम्रो होइन । अमेरिका, बेलायत सबै संघीय राज्य हुन् । त्यहाँ महिला, दलित, मजदुरको हालत के छ ?
संघीय गणतन्त्र मात्रैले पुग्दैन । त्यसका लागि (१) समानुपातिक
प्रतिनिधित्व (२) सहभागितामूलक हुनपर्छ ।
मैले हजुरलाई चुनेपछि हजुरले मलाई जे गरेपनि हुने ? यो २ सय वर्ष पूरानो परम्परा हो । आन्दोलनलाई साम्राज्यवाद विरोधी बनाउन त्यस प्रकारका प्रावधानहरु रहनु पर्दछ । ठूला विषय नेताहरुले गर्ने, साना विषय जनताले गर्ने स्थिति छ । त्यसलाई उल्टाउनु पर्दछ । सबै भन्दा ठूला जनता हुन्भने त्यस्ता विषय जनताले निर्णय गर्न किन नपाउने ? नीति निर्माण गर्ने थलोमा वर्गिय प्रतिनिधित्व गर्ने कि नगर्ने ? भन्ने विषयमा छलफल हुन आवश्यक छ ।

(२०६६ मंसिर ६, ७, ८ गते सम्पन्न नेकपा (माोवादी), केन्द्रीय समिति बैठकमा व्यक्त विचारको संपादीत अंश)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :