पार्टी पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले मेची–कोसी ब्युरोका १० वटा जिल्लामा आफ्नो पार्टीको छैटौँ पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ । ब्युरोअन्तर्गतका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, उत्तरी मोरङ, दक्षिणी इलाम र तेह्रथुममा जनताका बीचमा नेकपाले पार्टी पुनर्गठन दिवस मनाएको हो ।

झापा जिल्लाका शिवसताक्षी, बिर्तामोड, बुद्धशान्तिसहित ३ स्थानमा, मोरङका कानेपोखरी र रतुवामाई २ स्थानमा, सुनसरीका २ स्थानमा, धनकुटाको सहिद भूमि गाउँपालिकामा, ताप्लेजुङ्का ३ स्थानमा, दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा, इलामको सन्दकपुरमा, उत्तरी मोरङका २ स्थानमा पार्टी पुनर्गठन दिवस मनाइएको हो ।

कार्यक्रममा दीप प्रज्वलन, शुभकामना आदानप्रदान, झन्डा राख्ने, सहिद परिवार भेटघाट गर्दै जनतालाई शुभकामना प्रदान गर्नुका साथै सम्बोधन गर्ने काम भएको थियो । पार्टीका जिल्ला इन्चार्ज, सेक्रेटरी तथा स्थानीय नेता–कार्यकर्तासहित व्यापक जनताको उपस्थितिमा बेग्लाबेग्लै स्थानमा भएको कार्यक्रममा जिल्ला नेताहरूले बोलेका थिए । प्रतिबन्ध चिर्दै धेरै स्थानमा सम्पन्न कार्यक्रममा बोल्ने नेता–कार्यकर्ताले सामाजिक फासिवादविरुद्ध प्रतिरोध गर्दै अगाडि बढ्नुपर्ने बताए । उनण्ीहरूले देश सङ्कटमा परेको हुनाले यसको मुख्य कारण दलाल पुँजीवादी संसदीय व्यवस्थालाई ध्वस्त गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको प्रक्रियामा आउन सबै जनतालाई अपिल गरे ।

त्यस्तै ब्युरो इन्चार्ज अनुले मेची र कोसीका न्यायप्रेमी जनसमुदायलाई पार्टी पुनर्गठन दिवसका अवसरमा शुभकामना दिँदै दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर मात्र जनता सबैखाले अत्यचार बाट मुक्त हुने भएकाले यसका निम्ति एकीकृत जनक्रान्तिको प्रक्रियामा आउन अपिल गरेकी छिन् ।

२०७६ मंसिर ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :