नेकपा ललितपुरका नेता खपाङ्गी गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको ललितपुर जिल्ला समितिका सचिवालय सदस्य जितबहादुर खपाङ्गीलाई प्रहरीले गिरफ्तार गरेको छ । खपाङ्गीलाई सादा पोसाकका प्रहरीले ललितपुरको एकान्तकुनास्थित डेराबाट शनिबार दिउँसो ४ बजे गिरफ्तार गरेको जानकारी परिवारका सदस्यले दिएका छन् ।

खपाङ्गी पार्टीनिकट मगर राष्ट्रिय मुक्ति मोर्चाका ललितपुर जिल्ला संयोजकसमेत हुन् । उनी यसअअघि पनि गिरफ्तार भई अदालतको आदेशमा रिहा भएका थिए । उनीसँगै उनकी पत्नीलाई पनि एकान्तकुनास्थित डेराबाटै गिरफ्तार गरिएको छ । दुवैजनालाई ललितपुर जिल्ला प्रहरी कार्यालय जाउलाखेलमा राखिएको जनाइएको छ । दुवैजनालाई गिरफ्तार गर्नुको कारण अहिलेसम्म नबताइएको आफन्तले जनाएका छन् ।

२०७६ मंसिर ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :