काठमाडौँमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाईयो

काठमाडौँ : भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेपछि काठमाडौँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मन्चले काठमाडौँको चावहिलमा मोदीको पुत्ला दहन गरेको हो । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार जनगणतान्त्रि सम्पर्क मन्चले  मोदीको पुत्ला दहन गरेको हो जनाएकाे छ । भारतले नेपाली भूमि हस्तक्षेप गरेकाे विराेधमा नेकपा र सो पार्टी निकट संघ संगठनहरुले मंगलबार देशैभरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन् । 

पुर्व निर्धारित नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मंगलबार कैलालीको धनगढी उप–महानगरपालिका, लम्की नगरपालिका, गोदावरी नगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिमा, बर्दिया, कपिलवस्तुको चन्द्रौटामा, नवलपुरको सिजीमा, चितवनको कालिका नगरपालिका, खैरेनी नगरपालिका, रत्न नगरपालिका, भरतपुर महानगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र मकवानपुरकाे भिमफेदीमा मोदीको पुत्ला दहन गरिएको छ । यस्तै कास्कीका विभिन्न ठाउमा , पुर्व झापाको विभिन्न ठाउ धनकुटा, सुनसरी विराटनगर, पश्चिमको बुटवल दाङ, कालीकोट लगायतका देशैभरीका जिल्लाहरुमा नरेन्द्र मोदीको पुत्ला दहन गरीएको समाचार छ ।

भारतीय साम्राज्यवाद मुर्दावाद !दलाल सामाजिक फासिवादी संसदिय ब्यबस्था मुर्दावाद !!नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !एकीकृत जनक्रान्ती जिन्दावाद !! लेखीएको मोदीको पुत्ला जलाईएको थियो । नेकपाले यही कार्तिक २१ गते देशैभरी मशाल जुलुस गरेको थियो भने, २२ गते ठाउ ठाउमा कोणसभा गरेको थियो । यस्तै २३ गते भारतीय दुतावासमा ज्ञापन पत्र बुझाइएको थियो भने २४ गते अतिक्रमित भारतीय नक्सा जलाएको थियो । यस्तै २५ गते देशैभरी विरोध प्रर्दशन गरेको नेकपाले २६ गते भारतीय मंगलबार भारतीय प्रधानमन्त्रीका पुत्ला दहन गरेको हो ।

यस अघि नेकपाका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै मशाल जुलुुुस देखी मोदीको पुत्लादहन सम्मको कार्यक्रम घोषणा गरेका थिए । भारतको उक्त कदम साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला, नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप भएको भन्दै भारतले अन्तराष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण गरेकोलेले आफनो पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी समेत दिएका थिए ।

२०७६ कार्तिक २७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :