वडाध्यक्षले कुटे महिला कर्मचारी

कैलाली : मोहन्याल गाउँपालिकाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै महिला कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले वडा नम्बर ५ का अध्यक्ष छविलाल हौजाली मगरलाई सोमबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार सोही वडा कार्यालयकी अपाङ्गता भएकी एकल महिला कर्मचारीमाथि कुटपिट र दुव्र्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष मगरले ती महिला कर्मचारीलाई गत सोमबार कटौँजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर लठ्ठीले निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छिन् ।

स्थानीय निर्वाचनमा पूर्वमाओवादीबाट निर्वाचित मगर हाल नेकपा मोहन्याल गाउँ समितिका सदस्य हुन् ।

२०७६ कार्तिक २६ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :