भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरी हस्तक्षेप

काठमाडौँ :भारतले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा पारेपछि नेपालस्थित भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाउन गएका विभिन्न १८ संघ, संगठन र मोर्चाका प्रतिनिधीहरुलाई प्रहरीले धरपकड गरी गिरफतार गरेकाे छ । काठमाडौँको लैनचौरमा रहेको नेपालस्थित भारतिय दुतावासमा भारतीय राजदुतलाई नेपालको भुमिमा भारतले हस्तक्षेप गरेको विषयलाई लिएर ध्यानाकर्षन गराउन  ज्ञापन पत्र बुझाउन गएकाहरुलाई प्रहरीले हस्तक्षेप गरी गिरफतार समेत गरेको हाे । ज्ञापन पत्र बुझाउनको लागि तमु मुक्ति मोर्चा, नेपाल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, जनगणतान्त्रिक सम्पर्क मञ्च,अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लगायत विभिन्न १८ संघ, संगठन र मोर्चाका प्रमुख तथा प्रतिनिधीहरु भारतिय दुतावासमा ज्ञापनपत्र बुझाउन जाने तयारी गर्दा प्रहरीले घन्टाघरबाटै उनीहरुलाई गिरफ्तार गरेको हो । गिरफ्तार पछि उनीहरुलाई महानगरिय प्रहरी बृत्त दरबारमार्गमा राखिएको छ । गिरफ्तार गरिएकाहरुमा तमु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ सहित ११ जना रहेका छन् । ति मध्ये केही संचारकर्मीहरु पनि रहेका छन् । 

ज्ञापनपत्र सहित :

२०७६ कार्तिक २५ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :