ओली सरकार विघटन नभएसम्म राष्ट्रियताको समस्या समाधान हुँदैन : प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउन र देशको रक्षा गर्न देशभक्त, बामपन्थी, क्रान्तिकारी, लोकतान्त्रिक र जनपक्षीय शक्तिहरु एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको एक हप्ता बितिसक्दा पनि सरकारले कुनै निर्णय लिन नसकेको भन्दै प्रवक्ता प्रकाण्डले बर्तमान ओली सरकार विघटन र संसदीय व्यवस्थाको अन्त्य नभएसम्म राष्ट्रियताको समस्या समाधान नहुने बताएका छन् ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले देशव्यापीरुपमा भारतीय हस्तक्षेपका विरुद्ध राजनीतिक अभियान लिएर हिडिरहेको आफ्नो पार्टीका नेता चुडामणि ओली ‘आदर्श’सहित १६ जनालाई गिरफ्तार गरेको भन्दै गिरफ्तार गरिएकाहरुलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । जनभेटघाट र राजनीतिक कार्यक्रममा हिडिरहेको बेला आफ्नो पार्टीका नेताकार्यकर्तालाई प्रशासनले गिरफ्तार गरेको भन्दै दमनको बाटोबाट आन्दोलन सिध्याउन सकिन्छ भन्ने भ्रममा सरकार रहेको बताएका छन् ।
विज्ञप्ति सहित ….

२०७६ कार्तिक २५ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :