नेकपाका पुर्व केन्द्रीय सदस्य आजाद गिरफ्तार

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका पुर्व केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा श्रोतले दिएको जानकारी अनुसार आजादलाई प्रहरीले शुक्रबार राती भक्तपुरको मेकोसेराबाट सुतिरहेको अवस्थामा गिरफ्तार गरेको हो । गिरफ्तार पछि उनलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा राखिएको बताईएको छ । तर प्रहरीले उनको बारेमा केही जानकारी दिएको छैन ।

मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनको तालिका अनुसार भक्तपुर १ पनि प्रदेशसभा सदस्यको निर्वाचन हुने भएकोले सुरक्षाको कारण गिरफ्तार गरिएको हुनसक्ने बताइएको छ ।

२०७६ कार्तिक २२ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :