लिम्पियाधुरादेखि लिपुलेकसम्म हाम्रो हो भन्दै धनगढीमा अखिल (क्रान्तिकारी)को प्रदर्शन

कैलाली : भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दलका पार्टी तथा भातृ संगठनहरु र आम नेपालीहरु विरोध गरेका छन् ।

भारतीय साम्राज्यवादद्वारा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर नक्सा बनाएपछि त्यसको विरोध स्वरुप नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)सहित देशैभरी आम नेपालीहरु प्रदर्शन गरेका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि अखिल (क्रान्तिकारी) कडा विरोधमा उत्रिएको हो । उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद, लिपुलेक कालापानी हाम्रो हो, भन्दै नाराबाजीसमेत गरेका थिए ।

नेपाली भूमि भारतले मिचेर राष्ट्रियताको सवालमा गम्भिर चिन्ह खडा गर्दा पनि सरकार मौन बस्नु आपत्तिजनक रहेको अखिल (क्रान्तिकारी) कैलालीका कार्यबाहक अध्यक्ष सुवाश जोशीले बताए । उनीहरुले हातहातमा प्लेकार्ड बोकेर कैलाली बहुमुखी क्याम्पस धनगढीमा र्यालीसमेत निकालेका थिए ।

२०७६ कार्तिक २१ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :