निर्वाचन कार्यालय नजिक शक्तिशाली बम विस्फोट

काठमाडाैँ : कास्की जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै शक्तिशाली बम विस्फोट भएको छ । मंसिर १४ गते हुने उपचुनावका लागि मनोनयनपत्र दर्ताको काम भइरहेका बेला जिल्ला निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको हो ।

बिहान करिव ११ बजेतिर जिल्ला निर्वाचन कार्यालयबाट २ सय मिटर पर पर्यटक बसपार्कमा बम विस्फोट भएको हो । विभिन्न राजनीतिक दलका पार्टीहरुले उपचुनावलाई बहिस्कार गर्ने बताइसकेका छन् भने बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएका छैनन् । विस्फोट कसले र किन गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

२०७६ कार्तिक २१ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :