सिन्धुपाल्चोक बस दुर्घटनामा मुत्यु हुनेको १७ पुग्यो

 

काठमाडौँ  : सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

बस दुर्घटनामा परि १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

मृत्यु हुने मध्ये ७ जनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०र५१ वर्षीया रक्तकुमारी रावत छन् ।त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :