नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य तथा रातोखबर साप्ताहिकका पुर्व निदे्रशक गुणराज  लोहनी रिहा भएका छन् । १३ दिन अघि चितवन स्थित आफ्नै डेराबाट गिरफ्तार परेका लोहनीलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको हो । रिहा भएपछि सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै लोहनीले हजारौँ शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रले आफुलाई फरक राजनैतिक आस्था राखेकै कारण गिरफ्तार गरेको बताएका छन् । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । उनी उपचारमा थिए । उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उक्त कुरा नेकपाले हालै जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :