गैरन्यायिक गिरफ्तारीविरुद्ध दाङका ठाउँठाउँमा प्रदर्शन

दाङ : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो बैठक स्थलबाट २१ जनाको गिरफ्तारीका विरुद्ध नेकपाले जनसहभागितामा ¥यालीसहित दाङका दुई ठाउँमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ ९ नम्बर एरिया र ६ नम्बर एरियामा गिरफ्तारीको विरोधमा प्रदर्शन गरिएको बताइएको छ । प्रदर्शन कार्यक्रमका वक्ताहरूले जनताको न्यायको आवाज बोल्ने निर्दाेष नेता–कार्यकर्ताहरूलाई झूट्टा मुद्दा लगाइएको भन्दै उक्त मुद्दा खारेज गरी अविलम्ब बिनासर्त रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

९ नम्बर एरियाको आयोजनामा भएको विरोध प्रदर्शनलाई युवा सङ्गठन नेपालका राप्ती ब्युरो इन्चार्ज अनिलले सम्बोधन गर्दै गिरफ्तार सबै नेता–कार्यकर्ताहरूलाई रिहा नगरिए युवाहरू कडा आन्दोलन गर्न बाध्य हुने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरू सविन, युवा सङ्गठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदीप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्रलगायत २१ जना नेता–कार्यकर्तालाई पार्टीको राप्ती ब्युरो बैठकबाट गिरफ्तार गरिएको र अनावश्यक झूट्टा मुद्दा लगाइएकोप्रति कडा आपत्ति जनाउँदै उक्त मुद्दा खारेज गरी तत्काल रिहा गर्न माग गरे ।

कार्यक्रममा ९ नम्बर एरिया इन्चार्ज निर्मलले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेकपा दाङ जिल्ला सदस्य रोशनले गरेका थिए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी दाङ ६ नम्बर एरियाको आयोजनामा भएको विरोध प्रदर्शनमा ६ नम्बर एरिया इन्चार्ज किरण र सेक्रेटरी जनकले बोलेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवासलगायत २१ जना नेता–कार्यकर्तालाई दाङको राजपुर गाउँपालिका मुङ्ग्रेठामा राप्ती ब्युरोको बैठक बसिरहेको स्थानबाट असोज ३० बिहान १ः३० बजे घर घेरा हाली प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७६ कार्तिक १० गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :