युवा संगठनद्धारा गिरफ्तार नेता कार्यकर्ता रिहाईको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले आफ्नो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली लगायतका बिहिबार दाङबाट गिरफतार गरिएका नेताकार्यकर्ताहरुलाइ तत्काल विनाशर्त रिहा गर्न पनि माग गरेकाे छ । संगठनले उक्त गिरफ्तारीको घोर निन्दा एवम भत्सर्ना गरेको छ । संगठनका उपाध्यक्ष दिनेश र महासचिव सागरले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गिरफ्तार गरिएका आफ्नो संगठनका अध्यक्ष पाटन जंगलीसहित सवै नेताकार्यकर्ताहरुलाई रिहा गर्न  सरकारसँग माग गरेका हुन् ।

उपाध्यक्ष दिनेश र महासचिव सागरले जारी गरेको विज्ञप्तीमा दाङको राजपुर गाउँपालिका वार्ड न. ४ मा नेपाल कम्युनिष्ट पार्टी राप्ती व्युरोको वैठक वसिरहेको बेला कथित कम्युनिष्ट सरकारको गृह प्रशासनले  २१ जना नेताकार्यकर्ताहरुलाई गरेको भन्दैफाशिष्ट दलाल, जनविरोधी केपि– प्रचण्डको सरकारले गिरफ्तार गरिएकाहरुलाई रिहा नगरे त्यसबाट उत्पन्न हुने जुनसुकै खालको परिणामको जिम्मेवारी लिनु पर्ने चेतावनी दिएको छ ।

 

२०७६ कार्तिक १ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :