नेकपाका नेता श्रेष्ठ रिहा

 काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’ रिहा भएका छन् । शुक्रबार मोरङ जिल्ला अदालतकाे आदेशपछि श्रेष्ठ साधारण तारेखमा रिहा भएका हुन् । यसअघि सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरेर प्रहरीले श्रेष्ठलाई मोरङ पुरयाएको थियो । 

बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा भएको बहसपछि अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले उनलाई अदालतको गेटबाटै गिरफ्तार गरेर मोरङ पुरयाएको थियो ।

ओखलढुंगा घर भएका श्रेष्ठलाई चैत १० गते प्रहरीले मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको थियो । त्यसपछि उनलाई अदालतले पटकपटक रिहा गर्न आदेश दिए पनि प्रहरीले गिरफ्तार गर्दै आएको थियो ।
२०७६ कार्तिक १ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :