नेकपाका नेता वीरजङ्ग र सुभास गिरफ्तार

 

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ प्रहरीले बिहीबार दाङ्गबाट गिरफ्तार गरेको छ । नेकपा स्रोतले दिएको जानकारीअनुसार प्रहरीले नेता वीरजङ्गसँगै नेकपाका अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुभास बाठालाई पनि गिरफ्तार गरेको छ ।दुई केन्द्रीय सदस्यसँगै नेकपा निकट युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :