नेकपाका नेता श्रेष्ठ रिहालगत्तै गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा भएको बहसपछि अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले उनलाई अदालतको गेटबाटै गिरफ्तार गरेको छ ।
बन्दी श्रेष्ठका तर्फबाट अधिवक्ता कान्ति ढुंगानाले बहस गरेका थिए । अदालतले रिहा गरेलगत्तै महानगरीय प्रहरीवृत्त सिहंदरबारले श्रेष्ठलाई गिरफ्तार गरी बमविस्फोटको मुद्दा लगाएको छ ।
ओखलढुंगा घर भएका श्रेष्ठलाई चैत १० गते प्रहरीले मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको थियो । त्यसपछि उनलाई अदालतले पटकपटक रिहा गर्न आदेश दिए पनि प्रहरीले गिरफ्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :