स्याङ्जाका तत्कालिन सेक्रेटरी पराजुलीसहित तीन नेतालाई चार दिन म्याद थप

सर्वाेच्चको आदेश विपरीत तीन नेता पुनः गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका तात्कालीन सेक्रेटरी गोकुल पराजुली, स्याङ्जा जिल्ला सदस्य सागर अर्याल र कास्कीका मजदुर नेता गोविन्द ओली ‘सविन’लाई जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार ४ दिनको म्याद पुनः थपेको छ ।

गत भदौको अन्तिम साता उनीहरुलाई स्याङ्जा जिल्ला अदालतले निर्दोष भन्दै साधारण तारेखमा छाडेको भए पनि प्रहरीले फेरी पक्राउ गरी पोखरा ल्याएर मुद्दा चलाएको थियो । उनीहरुलाई प्रहरीले वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखेको थियो ।

छोरा गोकुल पराजुलीको उपचारको माग गर्दै नातिसहित वडा प्रहरी कार्यालय बैदाम अघि ७० वर्षिया बृद्धा भगवती पराजुली ६ महिनादेखि प्रहरी हिरासतमा रहेका स्याङ्जाका उनीहरुमध्ये तात्कालीन सेक्रेटरी गोकुल पराजुलीको स्वास्थ्यमा समस्या देखिएपछि उनकी ७० वर्षीय वृद्ध आमा भगवती पराजुलीले प्रहरी हिरासतमा रहेको आफ्नो छोराको स्वास्थ्योपचार ब्यबस्था गर्न सरकार समक्ष माग गरेकी छिन । दुई नातिसहित विरामी छोरा भेट्न वडा प्रहरी कार्यालय बैदामको गेटमा पुगेकी उनले छोराको स्वास्थ्योपचार गर्ने सरकारलाई दबाब दिन पत्रकार, मानब अधिकारकर्मी र नागरिक समाजका अगुवाहरुसँग आग्रह गरेकी थिइन ।

जिल्ला अदालतको आदेश बमोजिम साधारण तारेखमा छुटेका कास्की पोखरा महानगरपालिकाका जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउँपालिकाका गोविन्द ओली र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याललाई फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसेलको टावरमा बम विस्फोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा पक्राउ गरेको थियो ।

यसैबीच प्राप्त जानकारी अनुसार, सर्वोच्च अदालतले छाड्न आदेश दिएका नेपाल कम्युनिस्ट पार्टीका तीन नेतालाई बिना पक्राउ पुर्जी प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा जंगबहादुर गुरुङ, काजी गुरुङ र विद्यार्थी नेता मिलन राई रहेका छन् । उनीहरूलाई सर्वाेच्च अदालतको आदेश विपरीत पुनः अदालतकै गेटबाट पक्राऊ गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उनीहरूलाई छाड्न आदेश दिएको थियो । गत २५ जेठदेखि उनीहरूलाई प्रहरीले विभिन्न जिल्ला घुमाउँदै म्याद थप गर्दै आएको थियो । तीनै जनालाई कास्की, तनहुँ, लमजुङ, गोरखा हुँदै पुनः लमजुङमै पुर्याएर गते १७ भदौमा पहिलो पटक र २६ भदौमा दोस्रो पटक म्याद थप गरिएको थियो ।

यसअघि सर्वोच्चले बारम्बार कसैलाई पनि राजनीति आस्थाका आधारमा पक्राउ गर्नु गैरकानुनी कार्य भएको भन्दै सरकारलाई पक्राउ नगर्न निर्देशन दिएको छ ।

२०७६ असोज १४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :