अखिल (क्रान्तिकारी)द्वारा रोल्पामा तिव्र रुपमा संगठन विस्तार

कम्युनिस्ट विद्यार्थी अभियान –२ अन्तर्गत रोल्पामा नयाँ २६ वटा मुल इकाई कमिटी निर्माण


रोल्पा : कथित कम्युनिस्टहरुद्वारा सञ्चालित दलाल सरकारले लगाएको प्रतिबन्धलाई खारेज गर्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कम्युनिस्ट विद्यार्थी अभियान –२ २०७६ अन्तर्गत रोल्पामा नयाँ २६ वटा मुल एकाई कमिटी निर्माण गरी संगठन विस्तार तिव्र रुपमा अघि बढाइरहेको छ । जसबाट २५५ सक्रिय सदस्य र १०११ साधारण सदस्य गरी जम्मा १२६६ नयाँ सदस्य संगठित भएका छन् । राजनैतिक काम अन्तर्गत ३३२ भित्तेलेखन हुनुको साथै धैरै ठाउँहरुमा वैज्ञानिक शिक्षा बारेमा छलफल, अन्तरक्रिया भएका छन् ।

सांगठनिक काम अन्तर्गत कम्युनिस्ट विद्यार्थी अभियान २०७५ मा भएका इकाई कमिटीको बैठक तथा पुर्नगठन गरिएको छ । जसमा जनकल्याण मा.वि. सिम्पानीमा १२९ सदस्यीय, सरस्वती मा. वि. काउलाबोट ७१ सदस्यीय, शिव मा.वि.द्वारपानी ७६ सदस्यीय, बिरेन्द्र मा.वि. गाङ ६२ सदस्यीय, नेपाल मा.वि. कोट्गाउँमा १०३ सदस्यीय, विरेन्द्र मा.वि. नाउली ९५ सदस्यीय लगायत रोल्पा जिल्लामा नयाँ २६ वटा मुल एकाई कमिटी निर्माण भएको छ । जसबाट २५५ सक्रिय सदस्य र १०११ साधारण सदस्य गरी जम्मा १२६६ नयाँ सदस्य संगठित भएका छन् ।

१० वर्षीय जनयुद्धको उद्गम स्थल रोल्पा पछिल्लो केही समय प्रतिक्रान्तिको अखडा भएको थियो तर अहिले जनयुद्धले गर्दा हामीहरुले कुनै न कुनै आफन्त गुमायौँ, कोही आफन्त बेपत्ता बनायौँ, कुनै आफन्त छैन, कुनै न कुनै अंग नगुमाएको कोही आफन्त छैन युद्धबाट अछुतो र हामी पनि छैनौं । आखिर किन ? कुन उद्देश्यका लागि ? उदेश्य पूरा किन भएन ? कसले गर्दा पुरा भएन ? अब कसरी पुरा गर्न सकिन्छ ? भन्ने स्पष्ट भएपछि र शिक्षा क्षेत्रमा भएको भ्रष्टाचार, निजीकरण, व्यापारीकरणका विरुद्ध लड्ने एक मात्र हाम्रो संगठन हो भने बुझेपछि युवा विद्यार्थीहरुको आकर्षण अखिल (क्रान्तिकारी) संगठनप्रति बढ्दै गएको कुरा रोल्पाका अध्यक्ष तथा केन्द्रीय सदस्य शोभाराम रानाले बताउनु भएको छ ।

२०७६ असोज १२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :